काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले आगामी चैत २१ गते आफ्नो वार्षिक साधारणसभा आह्वान गरेको छ । 

कम्पनीले काठमाण्डौको थापागाउँस्थित बानेश्वर व्यांक्वेटमा चैत २१ गते बिहान ११ बजे आफ्नो नवौं वार्षिक साधारणसभा आह्वान गरेको हो । 

साधारणसभामा आर्थिक वर्ष २०७३/७४ को नाफाबाट सेयरधनीलाई वितरण गर्ने भनिएको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि आवश्यक ०.४२१ प्रतिशत नगद लाभांशको अजेण्डा पेश हुनेछ । 

यस्तै, रिक्त ऋषिकुमार गडियाको राजीनामापछि रिक्त रहेको संचालक पदमा सौरभ दुगको नियुक्तिलाई अनुमोदन गर्ने, अधिकृत, जारी र चुक्तापुँजी बढाएर २ अर्ब पुर्याउने लगायतका प्रस्ताव समेत पेश हुनेछन् ।

साधारणसभामा ९३ करोड ८५ लाख मूल्य बराबरको सतप्रतिशत हकप्रद सेयर जारीको प्रस्ताव समेत पेश गर्ने कार्यक्रम रहेको छ । 

आर्थिक वर्ष २०७३/७४ को वित्तीय विवरण पारित गर्ने र आर्थिक वर्ष २०७४/७५ का लागि लेखापरीक्षकको नियुक्ति गर्ने लगायतका प्रस्ताव समेत एजीएममा पेश हुने कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ ।

यो कम्पनीले साधारणभा प्रयोजनका लागि आगामी चैत ६ गतेलाई बुक क्लोज मिति तोकेको छ । यसको अर्थ चैत ५ गतेभित्र यो कम्पनीको सेयर खरीद गर्नेले मात्र साधारणसभामा सहभागी हुन र त्यहाँ पारित हुने बोनस सेयर प्राप्त गर्न योग्य हुनेछ । 

बोनस सेयर पारित भएपछि र यसअघि स्वीकृत भइसकेको हकप्रदपछि कम्पनीको चुक्तापुँजी ९३ करोड ८५ लाखको उचाईमा पुग्नेछ ।