काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले चैत २८ देखि २ बराबर १ कित्ता( ५० प्रतिशत)को अनुपातमा हकप्रद सेयर निश्कासन गर्ने भएको छ । 

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २९ लाख ७० हजार कित्ता हकप्रद निश्कासन गर्ने भएको हो । 

पूँजीवृद्धिको दवाबमा रहेको कम्पनीले निश्कासन गर्ने हकप्रदमा इच्छुक सेयरधनीले २०७६ जेठ १ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । 

हकप्रद सेयरको निश्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल लिमीटेड रहेको छ ।

हाल यो कम्पनीको चुक्तापुँजी ५९ करोड ४० लाख रुपैयाँ रहेको छ। हकप्रदकपछि बढेर ८९ करोड १० लाखको उचाईमा पुग्नेछ । 

यो कम्पनीको दोश्रो बजारमा अन्तिम बिक्री मूल्य प्रतिकित्ता रु. ५१० रहेको छ ।