काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले आज(चैत २८ गते)देखि २ बराबर १ कित्ता(५० प्रतिशत)को अनुपातमा हकप्रद सेयर निश्कासन गरेको छ । 

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २९ लाख ७० हजार कित्ता हकप्रद निश्कासन गरेको हो । 

पूँजीवृद्धिको दवाबमा रहेको कम्पनीले निश्कासन गर्ने हकप्रदमा इच्छुक सेयरधनीले २०७६ जेठ १ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । 

कम्पनीले हकप्रद प्रयोजनका लागि चैत ६ गतेलाई बुक क्लोज मिति तोकेको थियो । यसको अर्थ चैत ५ गतेसम्म कायम यो कम्पनीका सेयरधनी हकप्रदमा आवेदन दिन योग्य मानिनेछन् ।

हकप्रद सेयरको निश्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल लिमीटेड रहेको छ ।

हाल यो कम्पनीको चुक्तापुँजी ५९ करोड ४० लाख रुपैयाँ रहेको छ। हकप्रदकपछि बढेर ८९ करोड १० लाखको उचाईमा पुग्नेछ । 

यो कम्पनीको दोश्रो बजारमा अन्तिम बिक्री मूल्य प्रतिकित्ता रु. ५२० रहेको छ ।