काठमाण्डौ । दश जिल्ला कार्यक्षेत्र भएको गुराँस लघुवित्त बित्तीय संस्था लिमीटेडले सर्वसाधारणका लागि १ करोड ८० लाख मूल्य बराबरको साधारणसेयरको प्राथमिक निश्कासन(आइपीओ) गर्ने भएको छ । 

यो माइक्रोफाइनान्स कम्पनीले आइपीओ निश्कासनको प्रस्तावसहित आगामी कात्तिक २२ गते बुुधबार दोश्रो वार्षिक साधारणसभा बोलाएको छ । 

हाल यो कम्पनीको सेयरपूँजी ४ करोड र चुक्तापूँजी २ करोड ८० लाख रुपैयाँ रहेको छ । साधारणसभाले २ बराबर १को अनुपातमा संस्थाको सयर पूँजी वृद्धि गरी जारी पूँजी ६ करोड र चुक्तापूँजी ४ करोड २० लाख बनाउने प्रस्ताव साधारणसभामा पेश हुनेछ । हकप्रद सेयरपछि हुन आउने कुल जारी पूँजी ६ करोड अन्तर्गत सर्वसाधारण समूहका लागि छुट्याइएको  ३० प्रतिशतका दरले हुन आउने १ लाख ८० हजार कित्ता आइपीओ जारी गर्ने प्रस्ताव पेश हुने कम्पनीले जनाएको छ ।