काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ३ लाख २२ हजार ५७६ कित्ता सेयर भोलि (बिहीबार) देखि लिलामीमा राख्ने भएको छ । 

कम्पनीले संस्थापक समूहतर्फको २ लाख ४० हजार ५७१ र सर्वसाधारणतर्फको ८२ हजार ५ कित्ता सेयर लिलामीमा राख्ने भएको हो । 

यो कम्पनीले २०७५ चैत २८ गतेदेखि जेठ १ गतेसम्म २ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्कासन गरेको थियो । सो क्रममा बिक्री नभएका कित्ता लिलामीबाट बिक्री गर्न लागिएको हो । 

लिलामीमा सहभागी हुन चाहनेले प्रतिकित्ताका लागि न्यूनतम रु १०० को बोली लगाउनुपर्ने छ भने न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्ने छ । दोस्रो बजारमा रु ५०० को हाराहारीमा कारोबार भइरहेको यो कम्पनीको सेयर लिलामीमा बुद्धिमतापूर्वक बोली लगाउन सके सस्तोमै सेयर पाउने अवसर जुर्न सक्नेछ । 

लिलामीका लागि असार १२ गतेभित्र गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्ने छ । 

लिलामीको प्रक्रिया व्यवस्थापनका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेड बिक्री प्रबन्धक तोकिएको छ । लिलामी आवेदन लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको नयाँबानेश्वरस्थित मुख्य कार्यालय तथा उपत्यकाबाहिर लक्ष्मी बैंकका बिर्तामोड, जनकपुर, विराटनगर, हेटौँडा, नारायणगढ, पोखरा, बुटवल–मिलनचोक, वीरगन्ज, बागलुङ, घोराही, दाङ, सुर्खेत, नेपालगन्ज, त्रिभुवन चोक, धनगढी र महेन्द्रनगर गरी १४ स्थानमा पेस गर्न सकिनेछ ।