काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बिक्री नभएको २ लाख ४० हजार ५७१ कित्ता हकप्रद सेयर सेयर लिलामीमा राख्ने भएको छ । 

कम्पनीले २०७५ चैत २८ गतेदेखि २०७६ जेठ १ गतेसम्म बिक्री खुला गरी आवेदन माग गरिएको संस्थापक समूहको २ लाख ४० हजार ५७१ कित्ता सेयर लिलामीमा राख्न लागेको हो । लगानीकर्ताले साउन ३ गतेदेखि भदौ १० गतेसम्म गोप्य शिलबन्दी पेस गर्न सक्नेछन् । 

कम्पनीले लिलामीमा राख्न लागेको सेयरको प्रतिकित्ता रु १०० तोकेको छ । लगानीकर्ताले सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने छ । 

लगानीकर्ताले न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिन सक्ने छन् भने अधिकतम १० ले भाग जाने गरी सम्पूर्ण कित्ताका लागिसमेत आवेदन दिन सक्ने छन् । 

कम्पनीले शिलबन्दी बोलपत्रद्वारा सेयर लिलामीको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई तोकेको छ ।

लगानीकर्ताले आफूले खरिद गर्न चाहेको सेयरको जम्मा मूल्यको सम्पूर्ण रकम लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको नाममा लक्ष्मी बैंक लिमिटेड हात्तीसार काठमाण्डौमा रहेको खातामा नगद जम्मा गरी सोको सक्कल भौचर संलग्न गरी वा लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको नाममा जारी गरिएको गुड फर पेमेन्ट चेक संलग्न गरी शिलबन्दी पोलपत्र पेस गर्नुपर्नेछ । 

प्राप्त बोलपत्रहरु साउन १२ बिहान ११ बजे काठमाण्डौको तीनकुनेस्थित गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको कार्यालयमा खोलिनेछ ।