काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल बीमा बजारमै सर्वाधिक रु. ८७ बोनस दर कायम गरेको छ । 

कम्पनीले आर्थिक वर्ष २०७४/७५ का लागि प्रतिहजारमा रु. ८७ सम्म बोनस दर कायम गरेको हो। यो बोनस दरलाई बीमा समितिले गत असार २९ गते स्वीकृत गरेको थियो । 

कम्पनीका अनुसार २५ वर्षभन्दा बढी अवधिका लागि सर्वाधिक तथा आजीवन बीमालेख खरिद गर्ने बीमितले योबराबरको बोनस पाउनेछन्। कम्पनीले छोटो अवधिको बीमालेख खरिद गरेका बीमितका लागि भने न्यूनतम बोनस दर प्रतिहजार रु. ४७ तोकेको छ।

कम्पनीले आफ्नो स्थापनाकालदेखि नै विभिन्न किसिमका बीमितहरुको चाहनाबमोजिम जीवनबीमा योजना ल्याउँदै ८० कार्यालयहरुमार्फत जीवनबीमाको सेवा प्रदान गरिरहेको छ ।

कम्पनीले आफ्नो अभिकर्ता संजालमार्फत देशको कुनाकाप्चामा रहेका बीमितहरुलाई बीमा सेवा पुर्याइरहेको छ ।
"We are The Best"
 भन्ने नाराका साथ बीमा व्यवसाय गरिरहेको यो कम्पनीले बीमीतहरुलाई नेपालको बीमा इतिहासमा हालसम्मकै सर्वाधिक बोनस दर रु. ८७  घोषणा गरेर बोनस वितरणमा आपूmलाई अब्बल प्रमाणित गर्न सफल भएको कम्पनीको दाबी छ ।