काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नारायणकुमार भट्टराई नियुक्त भएका छन् । 

कम्पनीको १४२ औं संचालक समितिको बैठकले भट्टराईलाई ४ वर्षका लागि सीइओको पदमा नियुक्त गरेको हो । 

काठमाण्डौ ४ का बासिन्दा भट्टराईले पुने युनिभरसिटीबाट बिएस्सी तथा मणिपुर युनिभरसिटीबाट एमबिए उपाधि हासिल गरेका छन् । 

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालमा करिब ९ वर्ष सेवा गरी २०६८ साल मंसीर १ गते गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा सहायक महाप्रबन्धक पदमा नियुक्त भएका भट्टराई २०७० साल माघ १ गते देखि नायब महाप्रबन्धक पदमा बढुवा भएका थिए ।

यसअघि उनले  कम्पनीको मार्केटिङ्ग विभाग प्रमुख, पुनर्बीमा विभाग प्रमुखको जिम्मेबारी कुशलतापूूर्वक निर्वाह गरिसकेका छन् । भट्टराईले यस अवधिमा धेरै पटक कम्पनीको कायम मुकायम प्रमुखको रुपमा काम गरेका थिए ।

कम्पनीले देशभर ७ वटा क्षेत्रीय कार्यालय, २० वटा शाखा कार्यालय, ३६ वटा उपशाखा कार्यालय तथा ३ वटा एक्सटेन्सन कार्यालय मार्फत जीवन बिमा सेवा प्रदान गरिरहेको छ ।