काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एनएमबि क्यापिटल लिमिटेड बीच सोमबारका दिन एक कार्यक्रमबीच हकप्रद शेयर निष्काशन सम्बन्धी सम्झौता भएको छ ।
 
बीमा समितिको निर्देशन एवम् चुक्तापुँजी बृद्धि योजनाअनुरुप कम्पनीको नवौं साधारण सभाबाट पारित १०० प्रतिशत(१ बराबर १) हकप्रद शेयर निष्काशनका लागि एनएमबि क्यापिटल लिमिटेडलाई विक्री प्रबन्धक नियुक्त गरिएको गुराँस लाइफले एक विज्ञप्तिमार्फत जनाएको छ । 
 
सम्झौतामा गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराई र एनएमबि क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले हस्ताक्षर गरेका छन् ।
 
कम्पनीको २०७५ चैत २१ मा सम्पन्न ९ औं साधारण सभाबाट पारित बोनस शेयर सूचिकृत भइसकेको छ भने कम्पनीले चुक्तापुँजी रु. २ अर्ब पुर्याउन बीमा समितिको स्वीकृती लिई प्रबन्धपत्रमा अधिकृत, जारी तथा चुक्तापुँजी रु. २ अर्ब राखी नेपाल सरकार कम्पनी रजिष्ट्रारको कार्यालयबाट संशोधन गरिसकिएको कम्पनीको भनाई छ।
 
हाल यो कम्पनीले देशभरका ८० वटठा कार्यालयमार्फत आफ्नो सेवा प्रदान गर्दै आएको छ । 
 
कम्पनीले बीमीतहरुलाई नेपालको बीमा इतिहासमा हालसम्मकै सर्वाधिक बोनस दर रु.८७ सम्म   घोषणा गरिसकेको छ ।