काठमाण्डौ । गुराँस लघुवित्त वित्तीय संस्था लिमीटेडले आर्थिक वर्ष २०७५/७६ का लागि सेयरधनीलाई लाभांश वितरणको घोषणा गरेको छ । 

कम्पनीको साउन २९ गते बसेको संचालक समितिको ७२ औं बैठकले २०७५/७६ को सञ्चित मुनाफाबाट ८.३८७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि आवश्यक ०.४४१ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । 

यो हिसाबले कम्पनीले ६५ लाख रुपैयाँ बराबरको बोनस सेयर र ३ लाख ४२ हजार १०५ रुपैयाँ बराबर नगद लाभांश वितरण गर्नेछ । 

यो प्रस्ताव नेपाल राष्ट्रबैंकबाट पारित भएपछि र कम्पनीको वार्षिक साधारणसभाले अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ ।