काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र मुक्तिनाथ विकास बैंक लिमिटेडबीच शुक्रबार बैंकासुरेन्स सम्झौता भएको छ । 

सम्झौतासँगै अब मुक्तिनात विकास बैंकको केन्द्रीय कार्यालय तथा देशभरका शाखा कार्यालयहरु मार्फत गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक नगद फिर्ता जीवनबीमा र एउटै योजनामा सावधिक, आजीवन र पेन्सन जीवनबीमा योजनासहित १२ वटा जीवनबीमा योजना बिक्री गर्ने एवं अभिकर्ता तथा बीमीतहरुलाई छिटोछरितो एवं भरपर्दो सेवा पुुग्ने बताइएको छ । 

सम्झौतामा इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराई र बैंकको तर्फबाट डेपुटी सीइओ प्रद्युम्न पोखरेलले हस्ताक्षर गरे । 

मुक्तिनाथ विकास बैंक लिमिटेडका ग्राहकहरुले बैंकको कुनै पनि शाखाबाट यस कम्पनीको जीवनबीमा सम्बन्धी सम्पूर्ण सेवा सहज रुपले लिन सक्नेछन् । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले हाल मात्र नेपालको जीवन बीमा बजारमा नौलो र आकर्षक योजनाहरु प्रस्तुत गरेको छ ।