काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले जारी गर्न लागेको हकप्रदलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले आइपीओ ग्रोड फोरको ग्रेडिङ दिएको छ । 

आधारभूत भन्दा कमजोर अवस्था भएको जनाउने आइपीओ ग्रेड फोरको ग्रेडिङ दिइएको इक्रा नेपालले जनाएको छ । 

गुराँस लाइफ इन्स्योरेन्सले निकट भविष्यमै १०० रुपैयाँ अंकित दरका कुल २९ करोड ७० लाख मूल्य बराबरको हकप्रद निश्कासन गर्न लागेको छ । 

इक्रा नेपालले कम्पनीहरुको अवस्थाको अध्ययन गरी १ देखि ५ प्वाइन्ट स्केलमा ग्रेडिङ प्रदान गर्दछ । जसमा ग्रेड १ ले बलियो आधारहरु जनाउँदछ भने ग्रेड ५ ले कमजोर । ग्रेड २, ३ र ४ मा प्रयोग गरिने प्लस चिन्हले त्यस समूहका तुलनात्मक सकारात्मक स्थितिलाई जनाउँछ ।