काठमाण्डौ । गुल्मी जिल्लाको चन्द्रकोट  गाउँपालिका  वडानम्बर  ३ स्थित शान्तिपुर बजारमा पहिलोपटक वाणिज्य बैंकको शाखा स्थापना भएको छ । 

प्रभू बैंकले हालसम्म कुनै पनि वाणिज्य बैंकको शाखा नरहेको सो क्षेत्रमा  आफ्नो सेवा बिस्तार गरेको हो । 

आइतबार एक समारोहकाबीच शान्तिपुर शाखा कार्यालयको चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोणबहादुर खत्रीले उद्घाटन गरे । 

चन्द्रकोट गाउँपालिकाको प्रमुख केन्द्रको रुपमा रहेको शान्तीपुरमा प्रभु बैंक लिमिटेडले शाखा स्थापना गरेसँगै स्तरीय बैकिंग सेवा पाउने स्थानीय आशा व्यक्त गरेका छन् ।

यो शाखा कार्यालयबाट यहाँका स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय विप्रेषण सेवा तथा गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध  हुने बैंकले प्रतिबद्धता जनाएको छ ।

साथै, देशभर शाखा सञ्जाल रहेको प्रभु बैंकको उपस्थितिले समग्र चन्द्रकोट गाउँपालिकाको आर्थिक विकासमा पनि सहयोग पुग्ने बैंकको भनाई छ ।