काठमाण्डौ । सनराइज बैंक लिमिटेडले गुल्मी जिल्लाको धुर्कोट गाउँपालिकामा आफ्नो शाखा विस्तार गरेको छ । 

सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले ९० वटा शाखा, २२ वटा शाखारहित बैंकिङ्ग सेवा ३ वटा एक्सटेन्सन काउण्टर, १०० वटा ए.टि.एम मार्फत आफ्ना ४ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।