काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले गुल्मीको इन्द्रगौंडा र भुवाचिदीमा शाखारहित बैंकिङ्ग सेवा शुरुवात गरेको छ । 

मुसिकोट नगरपालिकाको इन्द्रगौंडा र भुवाचिदीमा सोही नगरपालिकाका प्रमुख सोमनाथ सापकोटा र मेगा बैंक तम्घास शाखाका प्रबन्धक शालिकराम पन्थीले संयुक्त रुपमा कारोबार शुभारम्भ गरे ।

नगरपालिकामा रेमिट्यान्सबाट भित्रिएको लाखौं रकम उपभोग र विलासितामा खर्च भइरहेको बताउँदै मेयर सापकोटाले अब मेगा बैंकको शाखारहित बैंकिङ्ग सेवामार्फत घरदैलोमा बचत गर्न इन्द्रगौडा र भुवाचिदीबासीलाई सजिलो भएको बताए । नगरपालिकाको वडा न. ५ र ६ को वृद्घाभत्ता मेगाको शाखारहित बैंकिङ्ग सेवाबाट हुने उनले घोषणा पनि गरे ।

वडा न. ५ का वडाध्यक्ष भागीरथ खरेल र वडा नं ६ का वडाध्यक्ष खड्कबहादुर खड्काले बैंकहरु विश्वासमा चल्ने संस्था भएकोले सबैलाई विश्वासमा लिएर मेगा बैंकले छिटो छरितो रुपमा सेवा दिनुपर्ने बताए । 

शाखा प्रबन्धक पन्थीले शाखारहित बैंकिङ्ग प्रतिनिधिसँग भएको मेसिनबाट खाताको रकम झिक्न खातावालाको औंठाछाप अनिवार्य रुपमा राखिनेहुँदा खातावालाको रकम सुरक्षित रहने बताए । उनले ढुक्क भई मेगा बैंकको अत्याधिक बैंकिङ सेवाको रुपमा रहेको शाखारहित बैंकिङ सेवाको सुविधा उपभोग गर्न सबैलाई आग्रह पनि गरे ।