काठमाण्डौ । संघीय संरचनाबमोजिम गठित विभिन्न स्थानीय तहमा रहेका सेवाग्राहीहरुलाई सरल र सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ प्रभु बैंकले गुल्मी जिल्लाको रुरु गाउँपालिका वडा नं. ४, रानीबास, बलेटक्सारमा आइतबारदेखि नयाँ शाखा कार्यालय खोली सञ्चालनमा ल्याएको छ । 

सो शाखाको समुद्घाटन कार्यक्रम प्रभु बैंक लिमिटेडका प्रमुखकार्यकारी अधिकृत अशोक शेरचनको सभापत्विमा सम्पन्न भएको थियो । 

सो शाखाको परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले उद्घाटन गरेका हुन् ।

रानीबास शाखा कार्यालय समुद्घाटन कार्यक्रममा नेपाल सरकारका पूर्व मुख्यसचिव एवम् छिमेकी देश चीनका लागि नेपाली राजदुत लिलामणि पौडेल र रुरु गाउँपालिकाका अध्यक्ष निलकण्ठ गौतम विशिष्ट अतिथि थिए ।

बैंकले रानीबास शाखा कार्यालय समुद्घाटनको उपलक्ष्यमा विपन्न वर्ग, महिला उद्यमी तथा भूकम्प पीडित कर्जा शीर्षक अन्तर्गत ५ जनालाई सहुलियत ब्याजदरको कर्जा उपलब्ध गराएको छ ।

कार्यक्रममा जिल्लाका विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधि, उद्योग वाणिज्य संंघका पदाधिकारी, विभिन्न संघ संस्थाका प्रतिनिधि, स्थानीय समाजसेवी, भद्रभलाद्मी, व्यापारी, व्यावसायी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति थियो ।