काठमाण्डौ । गुहेश्वरी मर्चेन्ट बैकिङ एण्ड फाइनान्स लिमीटेडले बिक्री नभएको सर्वसाधारण समूहको ४५ हजार ८ सय ७६.७६ कित्ता सेयर शिलबन्दी बोलपत्रद्वारा बिक्री गर्ने भएको छ । 

यो कम्पनीले आगामी पुस १३ गतेदेखि बिक्री नभएको सेयरको लिलामीबाट बिक्रीको प्रक्रिया खुलाउने भएको हो । इच्छुक लगानीकर्ताले पुस २० गतेभित्र शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने बताइएको छ । 

यो कम्पनीले गत कात्तिक १२ देखि मंसिर १८ गतेसम्म हकप्रदको बिक्री खुलाएको थियो । सोही क्रममा बिक्री नभएको सेयर लिलामीबाट बिक्री गर्न लागिएको हो । 

इच्छुक लगानीकर्ताले प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ मूल्य राखी तथा न्यूनतम १०० कित्तासम्मका लागि आवेदन दिन सक्नेछ । 

लिलामीबाट सेयर बिक्रीका लागि बिक्री प्रबन्धकको काम एनआइबिएल क्यापिटलले गर्नेछ । 

इच्छुक लगानीकर्ताले एनआइबिएल क्यापिटल लिमीटेडको काठमाण्डौको लाजिम्पाट, ललितपुरका लगनखेल र पोखराको चिप्लेढुंगोस्थित शाखाबाट बोलपत्र पेश गर्न सक्नेछन् । यस्तै नेपाल इन्भेष्टमेन्ट बैंक लिमीटेडका विराटनगर, सुर्खेत, वीरगञ्ज, नेपालगञ्ज, नारायणगढ, बुटवल र धनगढीस्थित शाखा कार्यालयबाट समेत आवेदन दिन सक्नेछन् । 

यो कम्पनीको दोश्रो बजारमा अन्तिम बिक्री मूल्य प्रतिकित्ता १९० रुपैयाँ रहेको छ ।