काठमाण्डौ । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमीटेडले आफ्ना सेयरधनीलाई नगद लाभांश वितरणको घोषणा गरेको छ । 

कम्पनीको असोज १ गते बसेको १९५ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट सेयरधनीलाई रु. ४ करोड २१ लाख ५ हजार ६ सय रुपैयाँ नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

यो प्रस्ताव नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।

गत आर्थिक वर्षमा यो कम्पनीले १५.८० प्रतिशत बोनस सेयर वितरण गरेको थियो । 

आर्थिक वर्ष २०७४/७५ मा यो कम्पनीले ५ करोड ६५ लाख खूद नाफा आर्जन गरेको थियो ।