काठमाण्डौ । गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेड गत आर्थिक वर्ष २०७५/७६ का लागि आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ ।

फाइनान्सको आइतबार सम्पन्न सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो । फाइनान्सले सेयरधनीहरुलाई चुक्तापुँजी ८० करोड रुपैयाँको ६.५ प्रतिशतले हुन आउने ५ करोड २० लाख रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) वितरणको प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी १८ औँ वार्षिक साधारणभासबाट सेयरधनीहरुलाई वितरण गर्ने फाइनान्सले जनाएको छ ।