काठमाण्डौ । भनिन्छ, महिला–पुरुष घरायसी रथका दुई पांग्रा हुन् । यीमध्ये एउटामात्र पांग्रा डगमगायो भने घरायसी सन्तुलन बिग्रिन सक्छ। 

हाम्रो देशमा अझै पनि कतिपय परिवारले महिलाहरुलाई घरभित्रकै काममा अल्झाउने परम्परालाई निरन्तरता दिइरहेका छन् भने पुरुषहरु परिवारको गुजारा चलाउन कामधन्दाका लागि बाहिर निस्कने गरेका छन् । तर अहिले यस्ता परम्परा कम हुँदै गइरहेका छन् । महिला र पुरुष समान रुपमा आफ्नो योग्यता र क्षमताअनुसारका काम र व्यवसायमा लाग्न थालेका छन् ।

समाजमा अगाडि बढ्न निकै प्रतिस्पर्धा हुने गरेको छ । अझै विशेषगरी गृहिणी महिलालाई नयाँ आफ्नै व्यवसाय गर्न चुनौती हुने गरेको छ । 
नयाँ कारोबार सुरु गर्न राम्रो योजना र वित्तीय व्यवस्था मिलाउनुपर्छ । जुन गृहिणी महिलालाई निकै चुनौती हुने गरेको छ किनकि उनीहरुले व्यापारका साथै घरपरिवारका सदस्यलाई खुसी राख्न पनि उत्तिकै खटिनुपर्छ । 

त्यसैले गृहिणीले महिलाले कसरी सुरु गर्ने त व्यवसाय ? अनि कसरी बनाउने त व्यापार योजना र वित्तीय योजना ? जान्नुहोस् यी टिप्स्, जसले गृहिणी महिलालाई नयाँ व्यापार योजना सफल पार्न सघाउने छ :

कसरी बनाउने वित्तीय योजना ?

व्यापारको कारोबारका साथै परिवारको खर्च पनि प्लानिङ गर्नुहोस् । खर्चका साथै बचतमा पनि ध्यान दिनुहोस् । एउटा मनी डायरी राख्नुहोस् । जसमा व्यापार तथा घरमा हुने आम्दानी र खर्च विवरण राख्नुहोस् । यसले तपाइँलाई वित्तीय अवस्था जान्न निकै सहज पु¥याउने छ । 
 

कसरी पाइन्छ बिजनेस लोन ?

कुनै पनि वित्तीय संस्थाबाट बिजनेस लोन लिन तपाइँको व्यापारिक कारोबारको स्थिति राम्रो हुनुपर्छ । त्यसैले कारोबार गर्दा जथाभावी उदारोमा काम नगर्नुहोस् । आफूले लिनु र दिनुपर्ने ठाउँमा हिसाब–किताब दुरुस्त पार्नुहोस् । जति तपाइँको कारोबार चुस्तदुरुस्त हुन्छ त्यति नै तपाइँले कुनै पनि वित्तीय संस्थाबाट आफ्नो कारोबारको दायरा बनाउन बिजनेल लोन पाउन सजिलो हुन्छ ।  

कहाँबाट पाइन्छ बिजनेस लोन ?

कुनै पनि बैंक तथा वित्तीय संस्थाबाट बिजनेस लोन लिन सकिन्छ । अझै महिला उद्यमीका लागि सरकारले विशेष योजना नै ल्याएको छ । यो योजनाअन्तर्गत तालिम प्राप्त महिला उद्यमीले आफ्नो योजनाको प्रस्ताव बैंकमा लगेर सजिलै ऋण पाउन सक्छन् । 

आफ्नो स्वास्थ्यमा कसरी ध्यान दिने ?

व्यापारव्यवसायमा लागेका गृहिणीलाई निकै धपेडी हुने गर्छ । घरपरिवारसँगसँगै व्यापार पनि हेर्नुपर्ने भएपछि स्वास्थ्यमा समस्याहरु देखिन सक्छ । त्यसैले व्यापारमा लागेका गृहिणीले आफ्नो स्वास्थ्यलाई ध्यानमा राखेर राम्रो बिमा पोलिसी लिन आवश्यक हुन्छ । जसमा स्वास्थ्य बिमाका साथै जीवन बिमा पनि समावेश रहेको होस्ण् । 

आकस्मिक कोष 

व्यापार जस्तोसुकै होस् । उतारचढावको ठेगान हुँदैन । त्यसैले अचानक आवश्यक पर्ने रकम जोहो गर्न एउटा कोष बनाउन जरुरी हुन्छ । यस्ता किसिमका आकस्मिक कोषले व्यापारव्यवसायमा राम्रो फाइदा नै गर्छ । यद्यपि व्यापार गर्दा अत्यावश्यक भएको बेलामा मात्र यस्तो कोषमा जम्मा गरेको रकम चलाउनुहोला । आवश्यक नपरेको बेला यो कोषको रकम नचलाउनु नै उत्तम हुनेछ । 

घर र व्यापारको खर्चविवरण छुट्टाछुट्टै राख्नुहोस् 

व्यापारमा लाग्नुभएका गृहिणी महिलाले घर र व्यापारका खर्च विवरण छुट्टाछुट्टै राख्नुपर्छ । यसका लागि तपाइँले कुनै बैंकमा गएर व्यक्तिगत र व्यवसायिक खाता खोलेर त्यसमार्फत पैसा जम्मा गर्ने र आवश्यक परेको बेला निकाल्ने गर्न सक्नुहुन्छ । यसले तपाइँलाई घर र व्यापारको मासिक खर्च कति भयो भने हिसाब निकाल्न पनि सजिलो हुन्छ । साथै यसरी बैंकमार्फत कारोबार गर्दा तपाइँमा व्यावसायिक व्यक्ति पनि झल्किन्छ । 
 

बचत कता गर्ने ? 

तपाइँको व्यापारमा राम्रै आम्दानी भइरहेको छ । आम्दानीका निश्चित हिस्सा तपाइँ बचत गर्न चाहनुहुन्छ जुन पछि झिक्दा बढेर ओस् । यदि बैंकमा राख्दा त्यति फाइदा हुँदैन भने तपाइँ आफ्नो बचतलाई सेयर, म्युचल फन्डजस्ता क्षेत्रमा लगानी गर्न सक्नुहुन्छ । यसले तपाइँको बचत रकमबाट पनि राम्रो आम्दानी हुन सक्छ ।