काठमाण्डौ । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत लेखनाथ, किंमबेसीस्थित गोरक्षनाथ पीठ सिद्धाश्रमलाई भवन निर्माण तथा अन्य विकास कार्यहरुका लागि रु १ लाख आर्थिक सहयोग प्रदान गरेको छ।

कामना सेवा विकास बैंकका सञ्चालकद्वय चतुराखर अधिकारी र देवकृष्ण काफ्ले तथा गण्डकी प्रदेशका प्रमुख टुबराज बास्तोलाले एक समारोहकाबीच सो सहयोग हस्तान्तरण गरेका थिए । 

आर्थिक सहयोगबाट पौराणिक तथा धार्मिक हिसाबले निकै महत्वपूर्ण रहेको यस पीठको संरक्षण र पूर्ननिर्माणमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ । 

हाल यो बैंकको देशभर ९१ शाखा र ४४ एटीएम रहेका छन् ।