काठमाण्डौ । गोर्खाको नयाँ क्याम्पेन “नेपालीपन गोर्खाली मन” फेरि एक पटक भारतको प्रख्यात मार्केटिङ्ग रिभ्यू वेबसाइट, म्याड ओभर मार्केटिङ्गमा फिचर हुन र सराहना पाउन सफल भएको छ । 

यो क्याम्पेन अघिल्लो क्याम्पेनको विस्तारीत भाग हो र यसले हरेक नेपालीको भावना छायाँद्वारा गोर्खालीको व्यक्तित्व झल्काउने कुरालाई प्रस्तुत गर्दछ ।

नेपालभरिका नेपालीहरुका लागि अझ सान्दर्भिक बनाउन यो क्याम्पेनलाई ७ विभिन्न स्थानीय भाषामा अनुवाद गरिएको छ । यो क्याम्पेन आफैंले एकताको बारेमा कुरा गर्ने भएकोले यसको संचारका लागि विभिन्न स्थानीय भाषाको प्रयोग गर्दा क्याम्पेनको मुख्य भावनालाई जिवित राखेको देखिन्छ ।

गोर्खा ब्राण्डले जहिले पनि यसको चरित्रलाई सृजनशील रुपमा छायाँद्वारा प्रस्तुत गरेको छ र हालको क्याम्पेनमा निरन्तर रुपमा प्रयोग गरिरहेको छ । 

सृजनशीलताका साथ छाँयालाई प्रयोग गरेर ब्राण्डले गोर्खा र गोर्खालीको चरित्रलाई उचित रुपले दर्शाउन सफल भएको छ ।