काठमाण्डौ । भारतको प्रमुख अनलाइन मार्केटिङ वेभसाइट म्याड ओभर मार्केटिङ (एम.ओ.एम)ले नेपालको गोर्खा बियरको अर्को मिनिमल प्रिन्ट क्याम्पियनलाई नोटिस गरी “हामी गोर्खाली” क्याम्पियनलाई उनीहरुको अनलाइन प्ल्याटफर्म(फेसबुक, इन्ष्टाग्राम पेज र वेभसाइट )मा स्थान दिएको छ

गोर्खाको यो नयाँ क्याम्पियनमा “हामीगोर्खाली” भन्ने वाक्यांशलाई मुख्य सन्देश बनाइएको छ, जसले हरेक नेपालीको मन छुन्छ । यो थिमलाई खुकुरीको छाँयाकृतिले प्रतिविम्बित गर्दछ । गोर्खा बियर बोटलको छायाँले बनाएको उक्त ब्याकड्रपले ब्राण्डको आफ्नै मूलमान्यतालाई दर्शाउँछ ।

आफ्नो सोसल मिडियाको प्ल्याटफर्ममा निरन्तर रुपमा अर्थपूर्ण मार्केटिङ कन्टेन्ट र आइडियाहरु पस्किने कारणले गर्दा म्याड ओभर मार्केटिङ (एम.ओ.एम)लाई विश्वभरि नै मानिसहरुलाई फलो गर्छन् र रुचाउँछन् । उत्कृष्ट कार्यहरुलाई सम्मान गर्नुको लागि एम.ओ.एम परिचित छ । एम.ओ.एमलाई अनलाइन मार्केटिङ क्रीटिक साइटहरुको ओस्कर नै भन्दा पनि फरक पर्दैन ।

गोर्खा बियरको क्याम्पियनको प्रशंसा गर्दै म्याड ओभर मार्केटिङ (एम.ओ.एम)ले भनेका छन्, “यो क्याम्पियनले गोर्खा बियरको मुख्य ब्राण्ड भ्याल्युलाई निकै राम्रो तरिकाले अभिव्यक्त गरेको छ –धजबत बल ष्मभब१ गोर्खा बियरलाई वास्तविक गोर्खालीको साहससँग आबद्ध गरेर गोर्खा बियरले फेरि एकपटक सही ठाउँमा निशाना लगाउन सफल भएको छ ।”

म्याड ओभर मार्केटिङ (एम.ओ.एम)ले अगाडि भनेको छ, “गोर्खा बियर एउटा त्यस्तो ब्राण्ड हो जुन अरुको पछि लाग्दैन । यसले अपनाउने सिद्धान्त र पस्किने सन्देश पनि आफ्नो समकालीनहरु भन्दा ज्यादै पृथक हुन्छ । यस पटक ब्राण्डले आफ्नो क्याम्पियनलाई एक कदम अघि लगेर नेपालका त्यस्ता असली साहसी नेपालीहरुलाई देखाएको छ, जसले आफ्नो देशमै बनाइएको बियरलाई गर्वका साथ पिउँछन् । यही कुरालाई “हामीगोर्खालीक्याम्पियन”ले उनीहरु को हुन् र उनीहरुको सोच के छ भन्ने कुरालाई सटिक रुपमा दर्शाएको छ ।”

गोर्खा बियरको यस अघि ल्याइएको डिजिटल क्याम्पियनले पनि वीर गोर्खा सैनिकहरुको व्यक्तित्वलाई झल्काएको थियो । गोर्खाले सधैं व्यक्तित्व र चरित्रका त्यस्ता विशेषताहरुलाई दर्शाउँछ, जसले यी गोर्खालीहरुलाई वास्तविक गोर्खाली बनाउँछ ।