काठमाण्डौ । गोर्खाली सेनाको वीरताको गाथालाई जीवन्त बनाउँदै गोर्खा बियर फेरि एकपटक नेपाली राष्ट्रियताको मूल मन्त्र बोक्दै नयाँ क्याम्पेन लिएर आएको छ । 

“नेपाली पन, गोर्खाली मन” थिम रहेको यो क्याम्पेन गएको वर्षको “हामी गोर्खाली” भन्ने क्याम्पेयनकै विस्तारित रुप रहेको गोर्खा ब्रुअरीले जनाएको छ। 

“नेपाली पन, गोर्खाली मन” ब्राण्डको आफ्नै प्रतिविम्ब हो, अर्थात् गोर्खा बियरको मान्यतालाई यसले सांकेतिक रुपमा दर्शाएको छ । क्याम्पेनको पूरा थिम नै वीर गोर्खाली भावनालाई आत्मसात् गरी एउटा साहसी नेपाली भएर जिउनुमा केन्द्रित छ ।

विश्वले चिनेको गोर्खालीको पहिचानलाई झल्किने गरी गोर्खा बियरलाई एक ब्राण्डको रुपमा प्रस्तुत गरिएको छ । नेपालीहरुको व्यक्तित्वसँग मेल खाने विशेषताहरुलाई प्रयोग गरी ब्राण्डले आफ्ना नेपाली दर्शकसँग एक झलकबाटै जोडिने क्याम्पेन तयार गरेको छ । यो एउटा त्यस्तो मञ्च हो, जसले यो विज्ञापन हेर्ने दर्शक र ब्राण्ड एक साथै नेपाली हुनुको भावना मनाउन सक्छन् । यो क्याम्पेनलाई नेवारी, गुरुङ्ग, तामाङ्ग, लिम्बु, मैथिली, भोजपुरी अनि थारु जस्ता क्षेत्रीय भाषाहरुमा समेत प्रस्तुत गर्ने योजना रहेको र यसले २०१८ को सफलतालाई पुनरजीवित गर्ने बताइएको छ । 

गतवर्षको गोर्खा क्याम्पेन आम नेपालीहरु वास्तवमा को हुन् भन्ने बारे थियो, योद्धा भैm वीर, मनबाट दयालु र हिमालझै विशाल, जुन नेपाली युवाहरुको गोर्खाली बारेको धारणा अनुसार ठ्याक्कै मेल खाएको थियो । गोर्खाको यस क्याम्पेनले नेपालका साथै नेपालबाहिरका दर्शकहरुको पनि प्रशंसा पाउन सफल भएको थियो । 

२०१८ को “हामी गोर्खाली” क्याम्पेन नेपालीहरुको व्यक्तित्वको मुख्य विशेषताहरुलाई लिएर तयार पारिएको थियो । यसलाई ३ चरणमा प्रवाहित गरिएको थियो र एक पटकमा व्यक्तित्वको एउटा विशेषता देखाइएको थियो, १. साहसी २. विशाल ३. दयालु । यी ३ वटै थिमहरु डिजिटल मञ्चमा ६ महिनाका लागि प्रवाहित गरिएको थियो, जसले ग्राहकहरुबाट निकै राम्रो प्रतिक्रिया पाउन सफल भयो । यसका साथै साहसीको थिमलाई भने भारतीय मार्केटिङ पोर्टल म्याड ओभर मार्केटिङले नेपालकै सबैभन्दा सृजनशील क्याम्पेन भनेर सराहना गरेको थियो । यस्तो सफलता ट्रयाक रेकर्डका साथ ब्राण्डले यो २०१९ मा अझ उचाईमा पुग्ने लक्ष्य लिएको छ ।