काठमाण्डौ । नेपाल उद्योग परिसंघले सम्पूर्ण व्यवसायिक क्षेत्रमा पुनः त्रास र संशयको अवस्था सिर्जना भएको भन्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्यामा संलग्नलाई अविलम्ब पहिचानसँगै हदैसम्म कारबाही गर्न सरकारसँग माग गरेको छ । 

सोमबार एक विज्ञप्ति प्रकाशित गर्दै परिसंघले राजधानीमै दिनदहाडै गौचनको गोली हानी गरिएको हत्या घटनाप्रति भत्र्सना गरेको छ । 

‘देश क्रमशः राजनीति स्थायीत्वतर्फ गइरहेको र व्यवसायले प्राथमिकता पाउँदै गरेको अवस्थामा राजधानीको व्यस्त स्थानमा व्यवसायीको हत्या हुँदा सम्पूर्ण व्यावसायिक क्षेत्रमा पुनः त्रास र संसयको  अवस्था सिर्जना भएको छ ।’ विज्ञप्तिमा भनिएको छ–‘यस प्रकारको अमानवीय कार्यले मुलुकमा बिस्तारै बन्दै गरेको लगानीको वातावरणमा समेत नकारात्मक असर पुर्याउनेछ ।’

परिसंघले देशको अर्थतन्त्रलाई टेवा पुर्याउने उद्योगी तथा व्यवसायीहरुको पूर्ण सुरक्षाको प्रत्याभूतिको माग गरेको छ ।