काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले कात्तिक ३० गतेबाट आफ्नो सेवामा थप गर्दै काठमाण्डौं महानगरपालिकाको सहयोगमा वडा नं ९ को वडा कार्यालयमा आफ्नो छैठौं एक्सटेन्सन् काउन्टर बिस्तार गरेको छ । 

काठमाण्डौंको गौशालामा महानगरपालिकाका विद्यासुन्दर शाक्य तथा सेञ्चुरी बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले सो काउण्टरको संयुक्त उद्घाटन गरे ।

बैंकले चाँडै नै २ वटा थप वित्तीय संस्थाहरुसँग एकिकृत कारोबारको तयारी गरिरहेको छ भने ४० प्रतिशत हकप्रद जारी गरिसकेकोले अब केही बोनस शेयर जारी गरी रु. ८ अर्बको पुँजी पुर्याउँदैछ । साथै बैंकले निकट भविष्यमा नै १०० भन्दा बढी शाखा कार्यालयहरुबाट सेवा विस्तार गर्दैछ ।