काठमाण्डौ । नेपाल ग्रामीण विकास बैंकले सर्वसाधारणका लागि ९ करोड ७५ लाख मूल्यको एफपीओ निश्कासन गर्ने भएको छ। 

कुल ९ लाख ७५ हजार कित्ता एफपीओ निश्कासनको माग गर्दै यो लघुवित्त बैंकले धितोपत्र बोर्डमा आवेदन दिएको हो । 

यो कम्पनीले कुनै प्रिमियम मूल्य नजोडी १ सय रुपैयाँ प्रति कित्ताकै दरले एफपीओ निश्कासनको प्रस्ताव गरेको धितोपत्र बोर्डले जनाएको छ । 

यो माइक्रो फाइनान्स कम्पनीको एफपीओ निश्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभूू क्यापिटलले काम गर्नेछ । 

नेपाल ग्रामीण विकास बैंक राष्ट्रिय स्तरको माइक्रो फाइनान्स कम्पनी हो । सन् तीन वर्षअघि पूर्वाञ्चल ग्रामीण विकास बैंक, मध्यमाञ्चल ग्रामीण विकास बैंक, पश्चिमाञ्चल ग्रामीण विकास बैंक, मध्यपश्चिमाञ्चल ग्रामीण विकास बैंक र सुदुर पश्चिमाञ्चल ग्रामीण विकास बैंकबीच मर्ज भई यो माइक्रो फाइनान्स बनेको हो । 

नेपाल ग्रामीण विकास बैंकले चालुु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म १९ करोड ५८ लाख खूद नाफा आर्जन गरेको छ । यो कम्पनीको चुक्तापूँजी ५५ करोड ७५ लाख रुपैयाँ रहेको छ । एफपीओपछि चुक्तापुँजी ६५ करोड ५० लाखको उचाईमा पुुग्नेछ । एफपीओपछि हाल कम्पनीमा कायम संस्थापक र सर्वसाधारण सेयरधनीको ८२.१३ : १७.८ प्रतिशतको स्वामित्व संरचना परिवर्तन भई ६९.९० : ३०.१० प्रतिशतमा रुपान्तरण हुनेछ ।