काठमाण्डौ । नेपाल ग्रामीण विकास बैंकको बहुचर्चित एफपीओको बाँडफाँड आगामी असोज ३१ गते हुने भएको छ । 

एफपीओ निश्कासन तथा बिक्री प्रबन्धकको काम गरिरहेको प्रभूू क्यापिटलका एक अधिकारीले असोज ३१ ग्ते कमलादिस्थित प्रभूू क्यापिटल परिसरमा एफपीओको बाँडफाँड हुने जानकारी दिए।

क्यापिटलले बाँडफाँडको सबै पूर्व तयारी सकिसकेको छ । बाँडफाँडको मोडलको बिषयमा धितोपत्र बोर्डलाई लेखि पठाइएकोछ । बोर्डबाट स्वीकृति आएपछि असोज ३१ गते बाँडफाँड सम्पन्न हुनेछ । 

प्र्रभूूले एफपीओ ४० दिनभित्रमा बाँडफाँड गरिसक्नुुपथ्र्यो । तर, त्यसको १० दिन अगाडि नै अर्थात ३० दिनभित्रै बाँडफाँड गर्न लागेको हो । 

नेपाल ग्रामीण विकास बैंकले एफपीओको इतिहासमै पहिलोपटक प्रति कित्ता १ सय रुपैयाँ मूल्यको कुल ९ लाख ७५ हजार कित्ता एफपीओ निश्कासन गरेको थियो । भदौ २७ देखि ३१ गतेसम्म ९ करोड ७५ लाख मूल्यको एफपीओमा आवेदन मागिएकोमा २ लाख ५४ हजार बढी आवेदनबाट २ अर्ब ७५ करोड भन्दा बढीको प्रस्ताव परेको थियो । मागभन्दा २८ गुणा बढी आवेदन परेको एफपीओ पाउन निकै बलियो भाग्य हुन आवश्यक छ । 

धितोपत्र बोर्डले चालुु आर्थिक वर्षको सुरुवात(साउन)देखि प्रत्येक सार्वजनिक निश्कासनहरुमा आवेदन गर्नेले न्यूनतम १० कित्ता अनिवार्य पाउने नियम लागू गरेको छ । यसको अर्थ मागभन्दा बढी आवेदन परेको खण्डमा गोलाप्रथा हुने र सो क्रममा भाग्यमानीहरुले १० कित्ताको दरले सेयर पाउनेछन् । 

नेपाल ग्रामीण विकास बैंकको एफपीओको संख्या अनुसार सबै आवेदकले १० कित्ता पाउनका लागि ९७ हजार ५ सय मात्र आवेदन पर्नु पर्ने थियो । तर, साढे २ लाख बढीको आवेदन परेपछि डेढ लाख भन्दा बढी आवेदकले हिस्स पर्नुपर्नेछ। 

बिक्री प्रबन्धक प्रभूू क्यापिटलका एक अधिकारीका अनुसार ९७ हजार ५ सयलाई चिठ्ठाको माध्यमबाट १० कित्ताको दरले सेयर वितरण गरिनेछ । 

यसरी नेपाल ग्रामीण विकास बैंकको एफपीओमा समेत भाग्य हुनेहरुले मात्र चिठ्ठामार्फत बाजी मार्ने देखिएको छ । आइपीओको भाउमै एफपीओ निश्कासन भएको ऐतिहासिक घटनामा मरिहत्ते गरेर आवेदन दिनेहरुका लागि समेत बोर्ड १० कित्ता अनिवार्य पाउने नियम ‘हात्ती आयो, हात्ती आयो फूूस्सा’ झै हुनेछ ।