काठमाण्डौ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले नबिकेको ५ लाख ८२ हजार ८४४ कित्ता सेयर लिलामीमा राख्ने भएको छ । 

संस्थाले हालै आफ्नो चुक्त पुँजी ६५ करोड ५० लाखको ५० प्रतिशत अर्थात ३२ करोड ७५ लाख मूल्यबराबरको हकप्रद सेयर निष्कासन गरेको थियो । संस्थाले रु. १०० अंकित ३२ लाख ७५ हजार कित्ता हकप्रद सेयर निष्कासन गरेकोमा जम्मा २६ लाख ९२ हजार १५६ कित्ता सेयरका लागि ५० हजार २८७ वटा आवेदन परेको थियो । यो कुल निष्काशित हकप्रद सेयरको ८२.२१ प्रतिशत हुन आउँछ । 

संस्थाले नबिकेको १७.७९ प्रतिशत हकप्रद सेयर लिलामीमा राख्न लागेको हो । यो लिलामीसहित कुल हकप्रद सेयर बिक्रीसँगै संस्थालको चुक्ता पुँजी ९८ करोड २५ लाख रुपैयाँ पुग्नेछ । 

यो संस्थाले आर्थिक वर्ष २०७५/७६ को तेश्रो त्रैमाससम्म १६ करोड ४४ लाख खूद नाफा आर्जन गरेको छ ।