काठमाण्डौ । ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा अघिल्लो वर्षको तुलनामा २७९.७२ प्रतिशतले खुद नाफा बढाउन सफल भएको छ ।

प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले ३३ लाख १९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष संस्थाले ८ लाख ७४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

संस्थाको सञ्चालन मुनाफा प्रथम त्रैमासमा ४४ लाख ७३ रुपैयाँ रहेको छ । गत वर्ष सञ्चालन मुनाफा १३ लाख ८८ हजार रुपैयाँ रहेको थियो ।

संस्थाले खुद ब्याज आम्दानी १ करोड ४६ लाख रुपैयाँ गर्न सफल भएको छ । गत वर्ष ९०  लाख ९६ रुपैयाँ रहेको थियो । यसले संस्थाको व्यावसायिक विस्तार आक्रामक देखाउँछ ।

संस्थाले रिजर्भमा ५८ लाख ३१ हजार रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा संस्थाको चुक्ता पुँजी ४ करोड २० लाख रुपैयाँ पुगेको छ । गत वर्ष यही अवधिमा संस्था चुक्ता पुँजी १ करोड ४० लाख रुपैयाँ थियो ।

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी ७.९० रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १०० रुपैयाँ पुगेको छ ।