काठमाण्डौ । ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा उल्लेख्य प्रगति गरेको छ। 

दोस्रो त्रैमास वित्तीण विरणअनुसार संस्थाले ७० लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको तुलनामा २०९.२४ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले २२ लाख ८० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 

समीक्षा अवधिमा संस्थाले ९२ लाख ९४ हजार रुपैयाँ सञ्चालन मुनाफा गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले २१ लाख ३२ हजार रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो। 

दोस्रो त्रैमासमा संस्थाले २ करोड ९२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। जुन गत वर्ष यही अवधिमा १ करोड ७७ लाख रुपैयाँ रहेको थियो। यसले संस्थाको व्यावसायिक विस्तार आक्रामक देखाउँछ। 

समीक्षा अवधिमा संस्थाले ३१ करोड रुपैयाँ निक्षेप संकलन गरी ७१ करोड ८४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले १९ करोड ५५ लाख रुपैयाँ निक्षेप संकलन गरी ४७ करोड ७९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो। 

संस्थाले जगेडा कोषमा ५८ लाख ३१ हजार रुपैयाँ रहेको छ। 

संस्थाको चुक्तापुँजी ४ करोड २० लाख रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिमा पनि संस्थाको चुक्तापुँजी ४ करोड २० लाख रुपैयाँ नै रहेको थियो।

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी ३३.५७ रुपैयाँ रहेको छ। मूल्य आम्दानी अनुपात (पीई रेसियो) ने ५.९५ गुणा रहेको छ।