काठमाण्डौ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि. प्रधान कार्यालय बुटवलको आयोजनामा  प्रभावकारी लेखापरीक्षण र प्रतिवेदन लेखन सम्बन्धी तालिम सम्पन्न भएको छ । यही फागुन २ र ३ गते बुटवलमा सञ्चालन भएको तालिममा संस्थाको आन्तरिक लेखापरीक्षण विभाग, क्षेत्रीय कार्यालय, इलाका र शाखा कार्यालयमा कार्यरत उपनिर्देशक, बरिष्ठ अधिकृत तथा सहायक अधिकृतहरू गरी कुल ३० जना कर्मचारीहरूको सहभागिता रहेको थियो । 

उक्त तालिम उद्घाटन समारोहमा संस्थाका प्रमुख कार्यकारी अधिकृत पर्वत कुमार कार्कीले संस्थागत सुशासनलाई थप मजबुत बनाउन आन्तरिक लेखापरीक्षण विभागको ठूूलो महत्व रहेको हु“दा यसलाई थप सशक्त बनाउन  आधुनिक र प्रभावकारी ढंगले ज्ञान प्रदान गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको जानकारी दिए । 

संस्थाका विभिन्न विभाग तथा इलाका÷शाखा कार्यालयले नीति नियम तथा निर्देशन बमोजिम सम्पादन गर्नुपर्ने कार्यमा हुने गरेका कतिपय कमीकमजोरीलाई आन्तरिक लेखापरीक्षण विभागले उजागर गर्ने गरेको उल्लेख गर्दै प्रमुख कार्यकारी अधिकृत कार्कीले  त्यस्ता कमीकमजोरी सुधारको निम्ति समितिबाट दिइने निर्देशनले संस्थागत सुशासनमा थप टेवा पुग्ने धारणा राखे । 

उक्त तालिम कार्यक्रमको प्रमुख स्रोत व्यक्ति नेपाल राष्ट्र बैंकका पूर्व निर्देशक नरेन्द्रसिंह विष्ट र अन्य चार्टर्ड एकाउण्टेण्टस्बाट  आन्तरिक लेखापरीक्षणको प्रचलित आधुनिक व्यवस्था, जोखिम व्यवस्थापन र सोको आधारमा गरिने आन्तरिक लेखापरीक्षणको स्वरुप, कार्यविधि , लेखापरीक्षण प्रतिवेदन लेखन विधि, लगायतका विषयमा सैद्धान्तिक तथा व्यावहारिक तवरबाट प्रकाश पारे ।    

तालिम कार्यक्रमको उद्घाटन समारोहमा विभागीय प्रमुख लक्ष्मण अर्यालयले स्वागत मन्तब्य र समापन समारोहमा विभागिय प्रमुख  नारायण भट्टराईले धन्यवाद ज्ञापन सहित तालिम कार्यक्रमको समापन गरे ।