काठमाण्डौ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटडले नेपाल सरकार र सातवटै प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण  तथा उपचार कोषमा रु.२८ लाख ५० हजार सहयोग रकम प्रदान गरेको छ ।

विश्वमा महामारीको रूपमा फैलिरहेको नोबल कोरोना भाइरसको संक्रमण नेपालमा समेत देखापरेको सन्दर्भमा नेपाल सरकार र प्रदेश सरकारहरूले कोरोना संक्रमण रोकथाम, नियन्त्रण, उपचार तथा विपतमा परेका परिवारहरूलाई राहत वितरणमा सहयोग पु¥याउने उद्देश्यले स्थापना गरिएको उक्त कोषमा संस्थाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग रकम उपलब्ध गराएको बताइएको छ ।