काठमाण्डौ । आर्थिक वर्ष २०७३/७४ मा नाफातर्फ पहिरो व्यहोरेको बिषयमा समाचार सम्प्रेषण भएपछि नेपाल ग्रामीण विकास बैंकको सेयर मूल्य बिहीबार घटेको छ । उसले बढाउन नसकेको नाफाका कारण लगानीकर्ताहरुले सेयर बिक्री गर्दा मूल्यमा नकारात्मक प्रभाव पारेको हो । 

चौथो त्रैमासको बित्तीय विवरणले लगानीकर्तामा नकारात्मक सन्देश गएपछि नेपाल ग्रामीण विकास बैंकले नाफा घट्नुको कारण दर्शाउदै अन्य मुख्य सूचक भने सकारात्मक नै रहेको प्रष्टीकरण दिएको हो । 

आर्थिक वर्ष २०७३/०७४ मा नेपाल ग्रामीण विकास बैंक लिमीटेडले ब्याज आम्दानी रू १ अर्ब ४२ करोड र कुल आम्दानी रू १ अर्ब ६० करोड गर्न सफल भएको बैंकको भनाई छ । अघिल्लो आर्थिक वर्षको तुलनामा ब्याज आम्दानी २३.७३ र कुल आम्दानी २१.३८ प्रतिशतले बृद्धि भएको छ। 

गत आर्थिक वर्षमा कर्मचारीहरुको तलव बृद्धि भएको, तलव बृद्धिका कारण तथा ठूलो संख्यामा कर्मचारीहरुको सेवाअवधि २० वर्ष नाघी कर्मचारीहरुको उपदान शीर्षकमा र कर्मचारी सञ्चित विदा व्यवस्था शीर्षकमा अत्यधिक खर्च लेखी व्यवस्था गर्नु परेको कारण अघिल्लो वर्षको तुलनामा ५७.८० प्रतिशत कर्मचारी खर्च बृद्धि भएको बैंकले प्रष्टाएको छ । 

यहीकारण कुल आम्दानी २१.३८ प्रतिशतले बृद्धि हु“दा पनि गत वर्षको मुनाफामा संकुचन आएको हो । मुनाफामा संकुचन आएता पनि बैंकले अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा उल्लेखनीय प्रगति गरेको र बैंकको वित्तीय परिसूचकहरु सुधारन्मुख रहेका बैंक व्यवस्थापनको भनाई छ । बैंकले गत आर्थिक वर्षमा रू २५ करोड ३६ लाख सञ्चालन मुनाफा गर्न सफल भएको छ । 

बैंकको चुक्ता पू“जी ५५ करोड ७५ लाख रहेको छ भने जगेडाकोष रू १७ करोड ३३ लाख रहेको छ । बैंकले आर्थिक वर्ष २०७३/०७४ मा २०.४१ प्रतिशतले लगानीमा रहेको कर्जा बृद्धि गरी रू ७ अर्ब ७२ करोड र २४.०७ प्रतिशतले बचत बृद्धि गरी रू २ अर्व २५ करोड बचत पुर्याएकोे छ । 

बैंकको पू“जीकोष अनुपात ५.१९ प्रतिशतबाट बढेर ६.३६ प्रतिशत पुगेको छ । त्यस्तै बैंकको निस्क्रिय कर्जामा उल्लेख्य सुधार आएको छ । बैंकको आर्थिक वर्ष २०७२/०७३ मा ४.७३ प्रतिशतको निस्क्रिय कर्जा घटेर ३.७६ प्रतिशत रहेको छ ।