काठमाण्डौ । केयर रेटिङ्स नेपालले ग्रीनलाइफ हाइड्रोपावर लिमीटेडले निश्कासन गर्ने योजना बनाएको ३ लाख ६० हजार कित्ता आइपीओलाई केयर एनपी आइपीओ ग्रेड फोरको ग्रेडिङ प्रदान गरेको छ । 

यसको अर्थ ग्रीनलाइफ हाइड्रोको अवस्था औसत भन्दा निकै कमजोर रहेको भन्ने देखाउँछ । 

केयर रेटिङ्सले कम्पनीको अवस्था हेरेर १ देखि ५ सम्मको ग्रेडिङ प्रदान गर्ने गर्छ । ग्रेड १ ले बलियो आधार जनाउँछ भने ५ ले सबैभन्दा कमजोर आधार जनाउँछ । 

यो कम्पनीले ४० मेगावाट क्षमताको खानीखोला जलविद्युत आयोजना १ निर्माण गरिरहेको छ ।