काठमाण्डौ । ग्रीनलाइफ हाइड्रोपावर लिमीटेडलाई धितोपत्र बोर्डले १८ करोड रुपैयाँ बराबरको आइपीओ निश्कासनको अनुमति दिएको छ । 

यो कम्पनीले गत भदौ ६ गते आयोजना प्रभावितका लागि आइपीओ निश्कासनको माग गर्दै आवेदन दिएको थियो । 

बोर्डले पुस १७ गते आइपीओ निश्कासनको अनुमति दिएको हो । 

कम्पनीको चुक्तापूँजीको १० प्रतिशतले हुन आउने १८ लाख कित्ता आइपीओ निश्कासन गर्न लागेको हो । 

आयोजना प्रभावितपछि कम्पनीले सर्वसाधारणका लागि समेत सेयर निश्कासन गर्ने योजना बनाएको छ । 

ग्रीनलाइफको निश्कासन तथा बिक्री प्रबन्धकमा काठमाण्डौ क्यापिटल लिमीटेड रहेको छ । 

ग्रीनलाइफले दोलखाको मार्बु गाउँपालिकामा ४० मेगावाटको खानीखोला १ जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।