काठमाण्डौ । ग्लोबल आइएमई बैंकले मिति २०७४ असार ५ गतेदेखि आफ्नो फिदिम एक्सटेन्सन काउण्टरलाई शाखामा परिणत गरेको छ ।

पाँचथर जिल्लाको आर्थिक गतिविधिमा टेवा पुगोस् भन्ने उद्देश्यले बैंकले हालसम्मको एक्सटेन्सन काउण्टरलाई शाखामा परिणत गरेको हो । यससंगै ग्लोबल आइएमई बैंकको शाखा संख्या ९६ पुगेको छ । उक्त शाखाबाट रकम निकाल्न, राख्न, कर्जा प्रवाह गर्न साथै लगानीको वातावरण निर्माण गर्न सहयोग पुग्ने बैंकले विश्वास व्यक्त गरेको छ ।

मुलुकका १४ वटै अञ्चलबाट आफ्ना ग्राहकलाई सेवा प्रदान गरिरहेको ग्लोबल आइएमई बैंकको ९६ शाखा, ५ वटा एक्सटेन्सन काउण्टर, १० वटा राजश्व संकलन काउण्टर, ११० वटा एटीएम, ४६ वटा  शाखारहित बैंकिङ्ग सेवा तथा ६ लाख भन्दा बढी ग्राहक रहेका छन् ।