काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई २० प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको छ । 

यो बैंकको बुधबार बसेको २७९ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो । 

यो निर्णय नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी ११ औं वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ । 

यो बैंकले गत आर्थिक वर्ष २ अर्ब ३८ करोड खूद नाफा आर्जन गरेको थियो । गत वर्ष यो बैंकले १६ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।