काठमाण्डौ । हालै आयोजित दक्षिण एसियाली राष्ट्रहरुको अन्तर्राष्ट्रिय प्राविधिक प्रतियोगिता महिन्द्रा ट्रेक फेस्ट २०१७ मा बालाजुु अटोवर्क प्रालिले ९ अवार्डमध्ये ५ अवार्ड हात पारेको छ । 

ती प्रतियोगिताअन्तर्गत ५ समूहमा व्यवहारिक, सैद्धान्तिक तथा अन्तरवार्ता गरी ३ चरणमा प्रतियोगीहरुको छनौट गरिएको थियो । 

बालाजु अटोवर्क प्रा.लि.ले विभिन्न ३ समूहअन्तर्गत ९ वटा अवार्डहरुमध्ये ५ वटा अवार्ड प्राप्त गर्न सफल भएको हो । प्राविधिक समूहतर्फ बालाजुुका सुमन लालबासी बिजेता भएका छन् भने कविन्द्र लामा फस्ट रनरअप बन्न सफल भएका छन् । यस्तै, सुपरभाइजरतर्फ मनोजकुमार यादव विजेता तथा विनोद श्रेष्ठ फस्ट रनरअप भए भने सर्भिस एड्भाइजर समूहतर्फ रुकेश कर्माचार्य विजेता बने । 

यसैबीच, अग्नि ग्रुपले विजेताहरुको सम्मानार्थ एक कार्यक्रमको समेत आयोजना गरेको छ । सो कार्यक्रममा अग्नी ग्रुपका अध्यक्ष क्याविनेट श्रेष्ठ, महिन्द्रा एण्ड महिन्द्राका कन्टी हेड कागलकर चैतन्य, महिन्द्रा एण्ड महिन्द्राकाका सर्भिस हेड तपस पटटानिक, बालाजुु अटोवर्कसका शिवसुदन श्रेष्ठ र सन्तोष पौडेल लगायतले विजेतलाई बधाई र ज्ञापनपत्र दिएका थिए ।