काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ । 

बैंकको मंसिर १८ गते बसेको संचालक समितिको ३०७ औं बैठकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको हो । 

यो प्रस्ताव नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।

गत वर्ष बैंकले १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।