काठमाण्डौ । ग्लोबल आइएमई बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा महेशप्रसाद ढकाल नियुक्त भएका छन् । 

करिब तीन महिनाअघि मेगा बैंकको थर्ड पोजिसनको  जागिर छाड्दै ग्लोबल आइएमई बैंकमा डेपुटी सीइओको रुपमा भित्रिएका ढकाललाई सीइओ जनक शर्मा पौडेलले राजीनामा दिएपछि बैंकको नेतृत्व दिइएको हो। 

उनले बुधबारदेखि नै बैंकको नेतृत्व सम्हालेका स्रोतले जनाएको छ । 

तत्कालीन टुरिजम डेभलपमेन्ट बैंकमा सीइओको रुपमा कार्यरत ढकाल सो बैंक मेगामा गाभिएपछि चिफ विजिनेश अफिसरको रुपमा कार्यरत थिए ।

मेगामा आफूलाई सेकेण्ड पोजिसन नदिइएकोमा असन्तुष्ट उनी ग्लोबल आइएमईमा सेकेण्ड पोजिसनमा छिरेका थिए । 

उनको बैंकिङ करिअर नेपाल बैंकबाट सुरुवात भएको थियो । 

बैंक संचालक समितिले ढकाललाई नै फूल सीइओको रुपमा अगाडि बढाउन खोजेको छ ।