काठमाण्डौ । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा वितरणयोग्य मुनाफातर्फ अघिल्लो वर्षको यही अवधिको तुलनामा २३.०४ प्रतिशतको प्रगति गरेको छ । 

अघिल्लो वर्षको यही अवधिमा बैंकको यस्तो नाफा ९१ करोड ५९ लाखमा सीमित रहेकोमा यो वर्ष बढेर १ अर्ब १२ करोडको उचाईमा पुगेको हो । 

अघिल्लो वर्ष ९७ करोड ९९ लाखमा सीमित खूद नाफा बढेर यो  वर्ष १ अर्ब २२ करोड पुगेको छ । 

यस्तै, १ अर्ब ३८ करोडमा सीमित संचालन मुनाफा बढाएर बैंकले १ अर्ब ७४ करोडको उचाई चुमाएको छ । 

बैंकले खूद ब्याज आम्दानीतर्फ २८.१८ प्रतिशतको प्रगति गरेको छ । अघिल्लो वर्ष १ अर्ब ८५ करोडमा सीमित यस्तो आम्दानी बढेर २ अर्ब ३८ करोडको उचाईमा पुगेको छ । 

समीक्षा अवधिमा बैंकले १ खर्ब १३ अर्ब निक्षेप संकलन गरी १ खर्ब २ अर्ब कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष अवधिमा १ खर्ब निक्षेप संकलन गरी ८६ अर्ब १६ करोड कर्जा  परिचालन गरेको थियो । बैंकले निक्षेपतर्फ करिब १३ प्रतिशतले प्रगति गर्दा कर्जातर्फ १९ प्रतिशतको प्रगति गरेको छ । निक्षेप र कर्जातर्फको प्रगति सन्तुलित देखिएको छैन । 

बैंकले ३ अर्ब ४८ करोडमा सीमित रिजर्बकोषको आकार बढाई ४ अर्ब ४८ करोडमा पुर्याएको छ । 

बैंकले १.६१ प्रतिशतमा रहेको खराब कर्जाको अनुपातलाई घटाएर ०.७५ प्रतिशतमा सीमित गरेको छ । अघिल्लो वर्ष २२.०५ रुपैयाँ रहेको वार्षिकीकृत प्रतिसेयर आम्दानी बढेर २३.८५ रुपैयाँ पुगेको छ । 

समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १४३.५३ रुपैयाँ रहेको छ ।