काठमाण्डौ । ग्लोबल आइएमई बैंकले आगामी फागुन १५ गतेदेखि ऋणपत्र निश्कासन गर्ने भएको छ । 

बैंकले ‘१०.२५% ग्लोबल आइएमई बैंक डिवेञ्चर–२०८०/८१’ निश्कासन गर्ने भएको हो ।

प्रतिकित्ता १००० दरले १५ लाख कित्ता ऋणपत्रमा छिटोमा फागुन १९ गते र ढिलोमा चैत १४ गतेभित्र आवेदन दिन सकिनेछ ।

कुल निश्कासित १५ लाख कित्तामध्ये ६ लाख कित्ता सर्वसाधारणका लागि, ३ हजार कित्ता म्युचुअल फण्डहरुका लागि र बाँकी कित्ता संस्थागत लगानीकर्ताका लागि छुट्याइएको छ । 

ऋणपत्रमा लगानीकर्ताले १०.२५ प्रतिशत वार्षिक ब्याज पाउनेछन् । ब्याजको भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ । यो ब्याज बैंकको मुद्धती निक्षेप भन्दा राम्रो हो ।  

इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ७५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

एआइबिएल एस क्यापिटल ऋणपत्र निश्कासन तथा बिक्री प्रबन्धक रहेको छ । 

इच्छुक लगानीकर्ताले सीआस्वा सेवा संचालनको अनुमति पाएका बैंकमार्फत आवेदन दिन सक्नेछन् ।

इक्रा नेपालले यो ऋणपत्रलाई ‘इक्रा एलए माइनस’को रेटिङ प्रदान गरेको छ, जसको अर्थ यसमा लगानी गर्नु कम जोखिम रहेको भन्ने हो ।