काठमाण्डौ । ग्लोबल आइएमई बैंकले पनि विदेशबाट २ अर्ब २० करोडको हाराहारीमा ऋण ल्याउने भएको छ । 

बैंकले इन्टरनेशनल फाइनान्स कर्पोरेसन(आइएफसी)बाट ऋण ल्याउने भएको हो । 

यो विषयमा दुवै बैंकका अधिकारीबीच बुधबार सम्झौता समेत भएको छ । 

ग्लोबल आइएमई बैकका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र इन्टरनेशनल फाइनान्स कर्पोरेशनका आवासीय प्रतिनिधि तथा नेपाल प्रमुख एम रेहन रशिदले बुधबार बैकमा आयोजित एक समारोहकाबीच सम्झौता गरेका बैंकले जनाएको छ ।

सम्झौताअनुसार, नेपाल राष्ट्र बैंकबाट स्वीकृति पश्चात ग्लोबल आइएमई बैंकले दुई करोड अमेरिकी डलर (करिब दुई अर्ब बीस करोड नेपाली रुपैया) ऋण लिई विभिन्न क्षेत्रहरुमा ऋण लगानी गर्नेछ ।

यो सम्झौताले हाल बैंकिङ्ग क्षेत्रमा देखिएको लगानीयोग्य पूजिँको अभावलाई केहीहदसम्म कम गर्ने विश्वास बैंकले लिएको छ । 

आईएफसीबाट ल्याइने ऋणलाई विशेष गरी साना तथा मझौला उद्योग, पर्यटन तथा कृषि क्षेत्रमा ऋण लगानी गर्ने बैकको योजना रहेको छ ।