काठमाण्डौ । ग्लोबल आइएमई बैंकले साना तथा मझौला व्यवसायमा लगानी गर्न चाहने तथा लगानी गरिरहेका व्यवसायीलाई मध्यनजर गर्दै साना तथा मझौला व्यवसायी कर्जा(एसएमई लोन) ३ दिनभित्र उपलब्ध गराउने भएको छ । 

कर्जा लिनका लागि धेरै समय लागिरहेको अहिलेको अवस्थामा ग्राहकलाई छिटोछरितो रुपमा सेवा दिई साना तथा मझौला उद्यमी व्यवसायीहरुलाई हौसला र साथ प्रदान गर्दै उत्पादनमा बृद्धि गर्ने उद्देश्यका साथ बैंकले कर्जा लिने समयावधि घटाएको एक विज्ञप्तिमार्फत जनाएको छ । 

अब एसएमई कर्जा लिन चाहनेहरुले आवश्यक कागजातहरु बैंकमा पेश गरेको ३ दिनभित्र बिना झञ्झट आकर्षक ब्याजदरमा कर्जा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । 

लक्षित ग्राहकले यो कर्जा सुविधा नेपालभर फैलिएका ग्लोबल आइएमई बैंकका १४१ वटा शाखाहरुमार्फत छिटो, छरितो रुपमा उपभोग गर्न सक्ने बैंकले जनाएको छ । 

यस सेवाअन्तर्गत आफ्नो ब्यवसाय विस्तार गर्ने उद्देश्य लिएका साना व्यसायीहरुलाई विद्यमान व्यवसाय वा प्रस्तावित साना उद्योग व्यवसायको नगद प्रवाहको आधारमा रु ५ लाखदेखि रु ६ करोडसम्म ऋण उपलब्ध गराइने बैंकले जनाएको छ ।