काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमीटेडको विशेष साधारणसभाले प्यासिफिक डेभलपमेन्ट बैंकलाई प्राप्तिको निर्णय गरेको छ । 

बुधबार राजधानीमा सम्पन्न विशेष साधारणसभाले प्यासिफिकलाई एक्वायर गर्ने बिषयलाई सहमति प्रदान गरेको हो । 

योसँगै लमजुङ जिल्ला बेसीशहर नगरपालिका वडा नं.१० मा केन्द्रीय कार्यालय रहेको प्यासिफिक ग्लोब आइएमई बैंकमा गाभिने निश्चित भएको छ ।  विगत ७ वर्ष देखि बैंकिङ्ग कारोवार गर्दै आएको बंैकको चुक्तापूँजी रु.१३ करोड रुपैयाँ रहेको छ । 

साधारणसभाले डिडिए प्रतिवेदनको सिफारिस अनुसार प्यासिफिक डेभलपमेण्ट बैंक लिमिटेडको १०० कित्ता शेयरलाई ग्लोबल आइएमई बैंक लिमिटेडको ६९.२६ कित्ता शेयर दिने विशेष प्रस्ताव समेत पारित गरेको छ । यो विकास बैंक गाभिएपछि ग्लोबल आइएमई बैंकको चुक्तापूँजी ६ अर्ब २५ करोड ६३ लाख पुुग्नेछ । 

अब नेपाल राष्ट्र बैंक तथा अन्य नियमनकारी निकायको स्वीकृति लिई यही पौष १५ गते भित्रमा एकीकृत कारोवार गर्ने लक्ष्य लिइएको बैंकले जनाएको छ । 

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ । 

८१ अर्ब निक्षेप, ६९ अर्व कर्जा लगानी रहेको बैंकको हाल ९१ वटा शाखाहरु, ९ वटा नेपाल सरकारको राजश्व संकलन काउण्टर, १०३ एटिएम, ६ वटा एक्सटेन्सन काउण्टर, भारत तथा अष्ट्रेलियामा सम्पर्क कार्यालय, ४४ वटा शाखारहित बैंकिङ्ग सेवा तथा एउटा सि.डि.एस.काउण्टर संचालनमा छन् । त्यस्तै बैंकले अत्याधुनीक प्रविधियुुक्त मोवाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, मलेसिया, भारत, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत संचालन गर्दै आइरहेको छ ।