ग्लोबल आईएमई बैंक र हाथवे फाइनान्सको एकीकृत कारोबार आजबाट काठमाण्डौ । एक्विसिजन प्रक्रिया टुंग्याएका ग्लोबल आईएमई बैंक र हाथवे फाइनान्स कम्पनी लिमिटेडको एकीकृत कारोबार आज बुधबारदेखि सुरु हुँदैछ ।

हाथवे फाइनान्सलाई गरेपछि ग्लोबल आईएमई बैंककै नामबाट दुवै वित्तीय संस्थाको एकीकृत कारोबार सुरु हुन लागेको हो । गत साउन १४ गते एकैपटक दुवै वित्तीय संस्थाले साधारणसभा गर्दै एक्विसिजन प्रक्रियाको टुंगो लगाएका थिए ।

एक्विसिजन प्रक्रिया पूरा भएपछि नेपाल राष्ट्र बैंकबाट भदौ ५ गते र कम्पनी रजिष्ट्रारको कार्यालयबाट भदौ १५ गते  अन्तिम स्वीकृति पाएसँगै ग्लोबल आईएमई बैंकले एकीकृत कारोबारको मिति तय गरेको हो।

ग्लोबल आईएमई बैंकले हाथवे फाइनान्सलाई १००:४२ को शेयर स्वाप अनुपातमा प्राप्ति गरेको हो। हाल ग्लोवल आईएमई बैंकको चुक्ता पूँजी १० अर्ब ३१ करोड रुपैयाँ कायम छ । हाथवेलाई प्राप्ति गरेपछि बैंकको चुक्ता पूँजी १० अर्ब ४३ करोड रुपैयाँ पुग्नेछ।

हाल ग्लोबल आईएमई बैंकको चुक्तापूँजी १० अर्ब ३१ करोड रुपैंया छ। हाथ्वे फाइनान्स गाभिएपछि बैंकको चुक्तापूँजी १० अर्ब ६१ करोडको उचाईमा पुग्ने छ ।

ग्लोबल आइएमई बैंकले जनता बैंकलाई १००:८५ को सेयर स्वाप अनुपातमा मर्जरको सम्झौता गरिसकेको छ ।

दुई बैंक एकीकृत भई बन्ने ठूलो बैंकको नाम ग्लोबल आइएमई बैंक नै रहने सहमति भएको बुझिएको छ। सहमतिअनुसार एकीकृत संस्थाको प्रमुख कार्यकारी अधिकृतको रुपमा जनता बैंकका सीइओ पर्शुराम कुँवर क्षेत्री रहनेछन् भने वरिष्ठ डेपुटी सीइओमा ग्लोबल आइएमई बैंकका कामु सीइओ महेश ढकाल रहनेछन् ।

सकेसम्म मर्जर प्रक्रियालाई चाँडै सक्ने गरी काम अगाडि बढाउने विषयमा दुवै बैंक सहमति भएका छन् ।