काठमाण्डौ । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले निष्कासन गरेको चुक्ता पुँजीबराबरको सतप्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने आज सोमबार अन्तिम दिन रहेको छ ।

संस्थाले चुक्तापुँजी रु. ११ करोड ४ लाख ५७ हजार ५०० मूल्यबराबरको १:१ सेयर अनुपापतमा निष्कासन गरेको हकप्रद सेयर आजसम्म खरिद गर्न सकिनेछ । कम्पनीले प्रतिकित्ता रु. १०० अंकित ११ लाख ४ हजार ५७५ कित्ता हकप्रद सेयर आफ्ना सेयरधनीहरुका लागि बिक्री खुला गरेको छ ।

संस्थाले गत असार २४ नेपाल धितोपत्र बोर्डबाट हकप्रद सेयर निष्कासन तथा वितरणको अनुमति पाएको थियो । यो हकप्रद बिक्रीपछि संस्थाको चुक्तापुँजी रु २२ करोड ९ लाख १५ हजार पुग्नेछ।

लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धनको जिम्मा पाएको छ । ग्लोबल आईएमई लघुवित्तको यो हकप्रदलाई इक्रा नेपाल लिमिटेडले ग्रेड ४ प्लसको रेटिङ प्रदान गरेको छ । यो रेटिङले औसतभन्दा तल आधारहरु जनाउँछ ।

लमजुङको बेसीसरहमा केन्द्रीय कार्यालय रहेको यो लघुवित्तमा संस्थापकतर्फ ७० प्रतिशत र सर्वसाधारण (कर्मचारीहरुसहित) तर्फ ३० प्रतिशत सेयर रहेको छ ।