काठमाण्डौ । ग्लोबल आइएमई बैंकको कार्डहरुबाट देश र विदेशमा रहेका जुनसुकै चिपमा आधारित प्वाइन्ट अफ सेल(पस) मेशिनबाट कारोबार गर्न मिल्ने सेवा पुनः सुचारु भएको छ । 

यससँगै बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्डबाहकले चिपमा आधारित सम्पूर्ण प्वाइन्ट अफ सेल(पस) मेशिनहरुबाट कारोबार गर्न सक्ने बताइएको छ ।

यस बैंकको एटीएमहरुमा यसै बैंकबाट जारी कार्डहरु मात्र प्रयोग गरी नगद झिक्न सकिने सेवा भने यथावत रहेको छ । 

बैंकका १४८ वटा एटीएम र १२० प्वाइन्ट अफ सेल(पस) मेशिनहरु छन् ।