काठमाण्डौ । आफ्ना ग्राहकको सुविधाका लागि  ग्लोबल आईएमई बैंक लिमिटेड, नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआईबीएल) र सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले विभिन्न शाखाहरु दसैँमा पनि खुला राख्ने भएको छ ।

ग्लोबल आईएमई बैंक लिमिटेड

ग्लोबल आईएमईको उपत्यकाभित्रको कान्तिपथ शाखा असोज १८, १९ २०, २१ (टीकाको दिन) र २२ गते खुला राख्ने भएको छ । यो शाखा दसैँको टीकाको दिन दिउँसो १ बजेदेखि ४ बजेसम्म र अन्य तीन दिन बिहान १० बजदेखि दिउँसो १ बजेसम्म खुला रहनेछ ।

त्यस्तै बैंकको न्युरो शाखा भने असोज १८, १९ र २० गतेसम्म खुला रहेछ । यो शाखा दिउँसो १ बजेदेखि ४ बजेसम्म खुला रहेछ । यसैगरी लगनखेल शाखा र चाबहिल शाखा भने असोज १८ र १९ गते खुला रहनेछन् । लगनखेल शाखा बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म र चाबहिल शाखा दिउँसो १ बजेदेखि ४ बजेसम्म खुला रहनेछ ।

उपत्यकाबाहिर ग्लोबल आईएमई बैंकको शाखा बागलुङ, बटुवल, नारायणगढ, पोखरा (न्युरोड), विराटनगर र वीरगन्जमा खुला रहेछन् । बागलुङ, बुटवल, नारायणगढ र पोखरा शाखा असोज १८ र १९ गते तथा विराटनगर र वीरगन्ज शाखा असोज १८, १९ र २२ गते खुला छन् । उपत्यका बाहिरका यी सबै शाखा बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मात्र खुला रहेछन् । 

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआईबीएल)

उपत्यकाभित्र नेपाल इन्भेस्टमेन्ट बैंकको दरबारमार्ग शाखा दसैँका सबै दिन खुला रहनेछ । यो शाखा असोज १८ गतेदेखि असोज २२ गतेसम्म बिहान ९ बजेदेखि मध्याह्न १२ बजेसम्म मात्र खुला रहनेछ । 

यसैगरी भिसा सेल दरबारमार्ग असोज १९ गतेमात्र बिहान ९ बजेदेखि मध्याह्न १२ बजेसम्म मात्र खुला रहनेछ ।

यस्तै पुल्चोक, सिपाडोल र कीर्तिपुर शाखा असोज १८, १९, २० र २२ गतेमात्र खुला रहेछन् । पुल्चोक शाखा मध्याह्न १२ बजेदेखि दिउँसो ३ बजेसम्म, सिपाडोल शाखा बिहान १०ः३० देखि दिउँसो १ः३० बजेसम्म र कीर्तिपुर शाखा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म खुला रहनेछ।

त्यस्तै न्युरो, पुतलीसडक, नयाँ बानेश्वर, ठमेल, कालिमाटी, बौद्ध, बत्तीसपुतली, गोंगबु, धुम्बाराही र नक्साल शाखा भने असोज १८, १९ र २२ गतेमात्र खुला रहनेछन् । यी शाखामध्ये न्युरो, पुतलीसडक र ठमेल शाखा मध्याह्न १२ बजदेखि दिउँसो ३ बजेसम्म र नयाँ बानेश्वर शाखा दिउँसो १ बजदेखि ४ बजेसम्म, बौद्ध शाखा बिहान ९ बजेदेखि मध्याह्न १२ बजृेसम्म, बत्तीसपुतली शाखा बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म, गोंगबु शाखा दिउँसो १ बजेदेखि ४ बजेसम्म, धुम्बाराही शाखा बिहान १० बजदेखि दिउँसो १ बजेसम्म र नक्साल शाखा बिहान १० बजदेखि मध्याह्न १२ बजेसम्म खुला रहनेछन् ।

उता बैंकको उपत्यकाबाहिरका वीरगन्ज, भैरहवा, बुटवल, विराटनगर, पोखरा (चिप्लेढुंगा) र जनकपुर शाखा असोज १८ र १९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म खुला रहनेछन् । यसैगरी नारायणगढ, नेपालगन्ज र धगगढी शाखा असोज १८ गते बिहान १० बजदेखि दिउँसो १ बजेसम्म र पोखरा (लेकसाइड) शाखा असोज २२ गते बिहान १० बजदेदेखि दिउँसो १ बजेसम्म खुला रहेछन् ।

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड

यो बैंकको उपत्यकाबाहिरका पोखरा, नारायणगढ, नेपालगन्ज, सुर्खेत, कोहलपुर, खजुरा, घोराही, अत्तरिया शाखाहरु असोज १८, १९, २० र २२ गते खुला रहनेछन् ।

त्यस्तै उपत्यकाभित्रका न्युरोड र बालुवाटार शाखा असोज १८ गते, कुमारीपाटी शाखा असोज १९ गते, मध्यबानेश्वर शाखा असोज २० र ठिमी शाखा असोज २२ गते खुला रहेछन् ।